राष्ट्रसंघमा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न बालेनलाई रास्वपाको निर्देशन

काठमाडाैं | असोज ४, २०८३

राष्ट्रसंघमा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न बालेनलाई रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ।

 

आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभामा उठाउनुपर्ने विषयमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई निर्देशन दिएको हो।

 

रास्वपा सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्मानीय प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोसी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीकि परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्नेगरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।’

 

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन असोज ८ गते अमेरिका जाँदै छन्। त्यस्तै, परराष्ट्रमन्त्री खनालले भने आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन्। 

 

भोटेकोसीमा आएको बाढीले जनधनको ठूलो क्षति गरेको छ। अहिलेसम्म एक हजार चार सय शव भेटिएका छन् भने करिब ६ हजार जना सम्पर्कविहीन छन्। विपद्ले रसुवा, नुवाकोट र धादिङमा क्षति पुगेको छ। 

 

रास्वपा सचिवालय बैठकका निर्णय:

रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।    आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ।   आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभ...

थप पढ्नुहोस्

काठमाडौं ।  अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

थप पढ्नुहोस्